काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६०० र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघले आज चाँदीको मूल्य १३ सय १० रुपैयाँ कायम रहेको बताएको छ। आज मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो।