भेपमार्फत सुन तस्करी प्रकरणमा चिनियाँ तस्कर वाङका चालक पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लोकेन्द्र कुमार पौडेल छन्।

सीआईबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो। दोस्रो पटक थालिएको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्