बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

लोकपाटी न्यूज
6 Shares

बझाङ। बझाङको भाटेखोला केन्द्रबिन्दु बनाई भूकम्प गएको छ। बिहान ११:४५ बजे ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक अनुसा दाहालले जानकारी दिइन्।

बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि भूकम्पको धक्का महशुस गरिएको छ। बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ।

बझाङमा गत मंगलबार एकै दिन तीन घण्टाको अन्तरालमा चार म्याग्निच्युडभन्दा ठूला सात वटा भूकम्प गएका थिए। त्यसयता यस क्षेत्रमा भूकम्पका साना धक्का महसुस भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्