श्रीमतीको हत्या गरेर श्रीमान्ले पनि गरे आत्महत्या

symbolic photo
लोकपाटी न्यूज
5 Shares

दाङ। दाङमा एक युवकले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्। सल्यानको त्रिवेणी ४ फलाबाङ घर भई तुलसीपुर ९ बेलुवामा डेरागरी बस्ने २५ वर्षिय सुशील भण्डारीले २२ वर्षिया श्रीमती पवित्रा डाँगीको हत्यागरी आफूले पनि झुन्डिएर आत्महत्या गरेका हुन्।

इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीका अनुसार हिजो बेलुकीदेखि आज बिहान अबेरसम्म ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर हेर्दा सुशील पंखामा झुन्डेको पवित्रा खाटमा मृत अवस्थामा फेला पारेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्