जनकपुर बिग मार्टमा आगलागी

Fire
सांकेतिक तस्विर
लोकपाटी न्यूज
6 Shares

जनकपुर। जनकपुर बिग मार्टमा आगलागी भएको छ। जनकपुरधाम उपमहानगरपालिका–९ स्थित रामानन्द चोकमा रहेको मार्टमा गएराति सवा १ बजे आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी पूर्ण रुपमा अझै नियन्त्रणमा आइनसकेको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन आवाले जानकारी दिए। आगो निभाउन ५ वटा बारुण यन्त्र, प्रहरी र स्थानीय खटेको प्रहरीले जनाएको छ।

आगो करिब ९५ प्रतिशत नियन्त्रणमा आइसकेको तर, पूर्णरुपमा नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ। आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ, भने घरमा पनि क्षति पुगेको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्