बागमती प्रदेशसभाको बैठक बस्दै, दुई विधेयक लागि पेस गर्ने तयारी

bagmati pradesh
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। बागमती प्रदेशसभाको बैठक आज आइतबार दिँउसो ३ बजे बस्दै छ। उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बताइएको छ।

बैठक यसअघि यही असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो। बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी १ सय १० जना प्रदेशसभाका सदस्य रहेका छन्।

बागमती प्रदेशसभा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ। सरकारले प्रस्तुत गरेको सो विधेयललाई बैठकमा प्रतिपक्षी सदस्यले विरोध जनाउँदै आएका छन्। सदस्यलाई पूर्वजानकारी नै नदिई सरकारले सिधै बैठकमा चिट्ठा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल एमालेले बिरोध गर्दै आएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्