काठमाडौं। नेकपा (एमाले) को उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । कमिटीको प्रथम अधिवेशनले सर्वसम्मतरुपमा ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो।
अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि प्रेमकुमार पराजुली निर्विरोध अध्यक्षतामा निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ।
कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उपसचिवमा उर्मिला सुनुवार र जीतेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। पूर्व निर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धिजीवी-कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनको यही असोज १९ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।