काठमाडौं। दशैंका लागि आज सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको हो।
हरेक वर्ष दसैं, तिहारका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन्। आवागमनलाई सहज बनाउन बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ।