सिंहदरबारमा माओवादी केन्द्र संसदीय दलको बैठक जारी

maobadi_sansadiya
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको बैठक अहिले बसिरहेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो। बैठकमा शिक्षा विधेयक, समसामयिक राजनीति र इजरायलको द्वन्द्व र नेपालीको उद्धारबारे छलफल भइरहेको बुझिएको छ।

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो मन्त्रिपरिषद् र सर्वदलीय बैठक पनि बोलाएका छन्। मन्त्रिपरिषद् बैठकअघि माओवादी संसदीय दलको बैठक बसेको हो।

बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश प्रीतिका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ। सर्वदलीय बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्