काठमाडौं। नेपाली बजारमा आज बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय र तेजाबी सुन १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यता, चाँदीको मूल्य भने स्थित रहेको छ। आज हिजोकै मूल्य १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।