इजरायलमा रहेका नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति उड्ने

Nepal Airlines
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो।

नेपालीको उद्दारमा ढिला भइरहेको गुनासोबीच बुधबार विहान प्रधानमन्त्री प्रचण्डले पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्दारका लागि आज कुनै हालतमा पनि विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणबाट १० जना नेपालीको मृत्यु समेत भएको छ। उक्त समूहको आक्रमणबाट कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी बेपत्ता छन्।