कानून समितिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

pic
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ।

सिंहदरबारमा आज बुधबार बसेको समिति बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको हो।

उक्त विधेयकका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदनका केही विषयलाई संशोधनसहित पारित गरिएको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् ।

विधेयकको दफा १८ को उपदफा २ का उल्लेख सहकारीमा व्यक्तिगत बचतको सीमा सम्बन्धी व्यवस्थालाई हटाउने उनले बताइन्। उक्त विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्नका लागि सभामुखलाई आग्रह गरिने उनले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्