सुन तस्करी : राहुलसहित चार जनाविरुद्ध मुद्दा

kathmandu_court
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा राहुल (रेशमबहादुर) सहित चार जनाविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

संगठित अपराध, भन्सार छलीलगायत कसुर गरेको आरोपमा निजविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए।

उक्त कसुर गरेको आरोपमा राहुलसहित काठमाडौंका लोकेन्द्रकुमार पौडेल, कपुरधारा बस्ने बेल्जियमका नागरिक दावा छिरिङ, काठमाडौंको बौद्धका निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता नेउपानेले बताए।

अभियुक्त निमा हाल फरार छन्भने दावा ६१ किलो सुन तस्करीका आरोपी समेत हुन्। अघिल्लो वर्ष २०७९ पुस १० गते दुबईबाट भेपमा लुकाएर करिब नौ किलो सुन तस्करी भएको थियो। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्