इजरायलबाट २ सय ५० जना नेपाली विमान चढे

Nepal Airlines
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। इजरायलबाट नेपाल आउनका लागि २ सय ५० जना नेपाली विमान चढेका छन्। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन्।

विमान आज राति ९ बजे नेपाल आइपुग्नेछ। नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो। नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्