इजरायलबाट नेपाल फर्किन थप २ सय नेपालीले दिए निवेदन

ijrai-nepali
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। इजरायलबाट नेपाल फर्किन थप २ सय जना नेपालीले निवेदन दिएका छन्। इजरायलमा हमासको आक्रमणपछि नेपालीहरुको पहिलो टोली आज बिहान नेपाल आइपुगेको थियो। उनीहरुलाई लिन नेपाल वायु सेवा निगमको जहाज बुधबार इजरायलतर्फ गएको थियो जसमा २ सय ५४ जना नेपाली स्वदेश फर्किएका छन्।

अरु थप २ सय जनाले स्वदेश फर्किन निवेदन दिएका इजरायल स्थित नेपाली राजदुतासासले बिज्ञप्ति मार्फत जनाएको हो। दुतावासले हराइरहेका एक जना नेपाली बिपिन जोशीको खोजी कार्यका लागि इजरायलका उच्च अधिकारीलाई अनुरोध गरिएको पनि जनाएको छ।

गत शनिवार प्योस्टाइनी उग्रबादी समूह हमासले इजरायलमा अक्रमण गर्दा १० नेपाली सहित १३ सय भन्दा बढी इजरायली नागरिकको मृत्यु भएको छ भने इजरायलको जवाफी हमलामा १४ सय जना प्योस्टाइनीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

Press-releasenepali-embassy

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्