हवाई हमलामा हमासको वायु सेना प्रमुख मारिएको इजरायली सेनाको दाबी

Hamala_Ijarayal
लोकपाटी न्यूज
6 Shares

एजेन्सी। गए राति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजरायली वायु सेनाले बताएको छ।

हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजरायली वायु सेनाले उल्लेख गरेको छ। इजरायली वायु सेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा आतंकवादीहरूलाई निर्देशन दिनका लागि धेरै हदसम्म जिम्मेवार रहेको बताएको छ।

‘साथै पछिल्लो दिनमा वायु सेनाको लडाकु जेटहरूले हमास आतंकवादी संगठनको मुख्यालयमा आक्रमण गरे जहाँबाट उक्त संगठनको हवाई गतिविधि व्यवस्थापन हुन्थ्यो,’ सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै इजरायली वायु सेनाले भनेको छ, ‘शनिबारको घातक हमलामा आतंकवादीहरूलाई निर्देशन दिनेमध्येका एक गाजा सहरमा हवाई सेनाका प्रमुख मुराद अबु मुराद पनि हवाई आक्रमणमा मारिएका छन्।’

गत राति भएको अर्को छुट्टै आक्रमणमा इजरायली वायु सेनाले गत शनिबार हमासले गरेको आक्रमणका क्रममा इजरायलमा घुसपैठ गर्ने हमास कमाण्डो फौजसँग सम्बन्धित दर्जनौं स्थानमा आक्रमण गरेको बताएको छ। हमासले आतंकवादी संगठनविरुछ इजरायललाई रक्षा गर्ने क्रममा इजरायली वायु सेना र इजरायली प्रतिरक्षा फौजले आक्रमणलाई जारी राखेको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्