आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। आज (सोमबार) सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ। सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शनिबार एकैचोटी २९ सयले बढेको सुनको भाउ आइतबार भने स्थिर थियो। यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमै कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्