रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख साहको पद गुम्यो

लोकपाटी न्यूज
61 Shares

रौतहट। रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ। मंगलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो।

एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनले सो पार्टी त्यागेपछि पद गुमेको हो। एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। अहिले उनी आम जनता पार्टीमा आबद्ध छन्। रिनाकुमारी आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी समेत हुन्।