गाजाको अस्पतालमा हवाइ आक्रमण : पाँचसय जनाको मृत्यु

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। गाजापट्टीमा भएको हवाइ हमलामा पाँचसय जना मारिएका छन्। गाजापट्टीको अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा भएको हवाई हमलामा पाँच सयजना मारिएका हुन्। हवाइ हमलापछि अस्पताल भग्नावशेषमा परिणत भएको छ। भग्नावशेषमा सयौँ मानिस च्यापिएको अनुमान गरिएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको बताएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयकाअनुसार अस्पतालमा भएको हमलामा मारिनेमा धेरै महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको बताइएको छ।

हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ। इजरायलले भने आफूहरूले अस्पतालमा आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनकै अर्को कट्टरपन्थी समुह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरिरहेको छ। तर इजरायली दावीलाई प्यालेस्टाईन र अरब देशहरूले झुटको संज्ञा दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्