दशैंको आर्थिक पक्ष : चाडवाडमा चलायमान बजार र आत्मनिर्भर अर्थतन्त्र

लोकपाटी न्यूज
3 Shares
  • डा· निमानन्द रिजाल

दशैं आयो खाउँला पिउला भन्दै केटाकेटी हुँदा रमाउँदै खेल्दै गर्ने पर्व दशैं हो । यो गीत कसले रच्यो थाहा छैन तर गीतले दशैको मूलभाव समाते कै छ । साँच्चै, दशैं भनेको खाउँला पिउलाकै पर्व हो । यो सबै नेपालीको पर्व पनि हो । खाउँला पिउलासँग यसको आर्थिक पाटो जोडिन्छ । खाने पिउने कुरा उत्पादनसँग सम्बन्धित हुन्छ । यसले बजारसँग तादम्यता राख्दछ । उत्पादन र बजारिकरण अर्थतन्त्रका मूल पक्ष हुन् । एकातर्फ हेर्दा चाडपर्व, खर्च र आम्दानीसँग अनिवार्य जोडिएको हुन्छ । र, अर्को तर्फबाट हेर्दा खाद्य संस्कृति (खाने परिकार) पर्वको रूपमा चिनिएको हुन्छ । पर्व अनुसार खानाका परिकारहरू पनि फरक फरक हुन्छन् ।

आफ्नाहरूसँग भेटघाट गर्ने‚ मान्यजनका हातबाट टिका थापी आशीर्वाद लिने‚ नयाँ लुगा लगाउने‚ मिठो खाने‚ विभिन्न पिङ्(जाँतेपिङ् लिङ्गेपिङ्ग पिर्केपिङ् जस्ता पिङ्) लगायत धेरै किसिमका खेलहरू खेलिन्छ । सांस्कृतिक रुपमा चल्दै आएका गीतसँग मादल र खैचडी मुर्चुङ्गा र मुरलीका मनमोहक धुन साथै मन्दिर देवी पिठहरुमा हुने भजन कीर्तन र पूजाआजाले दशै‌को रौनकता प्रदान गरिरहेको हुन्छ । यी जति क्रियाकलाप भए पनि तिनीहरू आर्थिक चहलपहल भित्र नै अनुबन्धित छन् ।

विदेशिएका छोरा छोरीहरू पनि दशैंमा घर फर्कन आतुर हुन्छन् । छोराछोरी आउने आशा बोकेर बसेका बाउ आमाको पर्खाइ गराउने चाड दशैं हो । यस्तो पर्खाइको इतिहास २०० वर्ष पुरानो छ । नेपालीले मनाउने धेरै पर्वहरूमा दशैं आम नेपालीको जनजीवनसँग गाँसिएको छ । उपहार कोशेली भेटी आदि जे जे नामबाट पुकारे पनि यिनीहरू आर्थिक क्रियाकलापका एक अङ्ग नै हुन् । यसर्थ दशैं पर्वले आर्थिक पाटोसँग अलिक बढी महत्त्व राख्दछ ।

विभिन्न व्यापारीले दशैं र तिहार अवसरको रुपमा हेरेका हुन्छन् । एक अध्ययनले देखाए अनुसार यी चाडपर्वमा हुने व्यापारले सालाखाला ३५ देखि ५० प्रतिशत सम्म वर्ष दिनको व्यापारको हिस्सा ओगट्छ । आर्थिक पाटोबाट हेर्दा दशैं तिहार व्यापारीहरूको किसानको पन्ध्र असार मानो खाएर मुरी उत्पादन गर्ने जस्तै हो । सोही अनुरूप व्यापारीहरू पनि तयारीका साथ रहेका हुन्छन् । घर घरमा पनि पैसाको जोहो गर्ने खानपानको लागि सामग्री जुटाउने गरी पहिले देखिनै तयारी गरिएको हुन्छ ।

नेपालको सरकारले पर्व खर्च भनेर कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम थपेको छ । दशैका लागि ५ दिन र घटस्थापना र पूर्णिमा थप २ दिन गरी ७ दिनको बिदा दिने गरेको छ । दशैको मुख्य दिन विजयादशमीको दिन हो । यो दिनको टिका कोजाग्रत पूर्णेमा सम्म लगाइन्छ । तर, हिजोआज कतिपय स्थानमा एक दिन मात्रै टिका लगाउने प्रचलन पनि छ । दशैंको अवसर पारेर सरकारले पनि नयाँ नोट बजारमा ल्याउने गरेको छ । नयाँ नोटले आम नेपालीले लगाउने विजयादशमीको प्रसाद स्वरूपको टिकामा थप रौनकता प्रदान गरेको हुन्छ भने खासगरी बालबालिकाका लागि विशेष खुसी र हर्ष प्रदान गरेको हुन्छ ।

विदेशमा बस्ने छोरा छोरीहरू आउन नपाएमा अहिले म्यासेन्जरको भिडियो मोबाइलमा टिका लगाइ दिएँ भनेर आशीर्वाद दिने चलनको सुरुवात भएको छ । यसले हाम्रो संस्कृतिको समयकालीन परिस्थिति अनुरूप आफ्नो स्वरूप परिवर्तित भइरहेको हुन्छ । परिवर्तितरुप अनुरूपको आर्थिक पाटो पनि परिवर्तन भइरहेको हुन्छ । अहिले त झन् बाबु आमा छोराछोरी खोज्दै टिका लगाउन विदेश जाने प्रचलन पनि त्यत्तिकै बढेको छ ।

दशैंको आर्थिक पाटो

उत्पादन र आयत: नेपालले अहिले खाध्यान समेत आयत गर्दछ । नेपाल कृषिप्रधान देश हो । १·१·मासुजन्य खपत र आयत·:यहाँ नेपाल प्रेसका २०२१ अनुसार, दशैं पर्वमा ३५ लाख खसिबोकाको मासु खपत हुन्छ भने ९ लाख जति कुखुरा‚ १५ लाख जति राँगा मासु समेत खपत हुन्छ भनी उल्लेख गरेको छ । यी देखि बाहेक बंगुर बँदेल कालिज आदिको मासुको पनि खपत हुने गर्दछ । यो २०८०को दशैंमा पनि यसैको हारा हारीमा मासु र मासु जन्य उत्पादनको खपत हुन सक्दछ । यो वर्षको उक्राइनमा रुसको सैन्य कारबाहीले ल्याएको केही आर्थिक मन्दी र प्यालेस्टाइन र इजरायल बिचको युद्धले जन्माएका मनोविज्ञानले उब्जाएको त्रासले दशैं खर्चमा पनि कमी देखिने अवस्था छ ।

दशैं मासुजन्य बस्तुको उत्पादन गर्ने किसानका लागि राम्रो आम्दानीको समय हो । आवश्यकता अनुरूपको मासु जन्य बस्तुहरूको उत्पादनले नपुग्ने भई भारत र चीनबाट गरी झन्डै १० अरब बराबरको आयत रहने सम्भावना छ । दशैंलाई लक्षित गरी श्रावण महिनाको आयत १ खरब २९ अरब २३ करोड ८९ लाख ७१ हजार भएको विवरण भन्सार विभागको तथ्याङ्कमा पाइन्छ । यो समग्र आयत हो । यसमा ३ अरब जतिको माछा १८५ ग्राम बराबरका चल्ला देखि माछा र दूध जन्य उत्पादनहरू पर्दछन् ।

१·२: चिनी र चकलेट अदि: चिनी वर्ष दिनमा ३ लाख मेट्रिक टन खपत गर्ने १५ अक्टोबर २०२३ इकोनमिक टाइम्स भारतबाट प्रकाशित हुने पत्रिकाले लेखेको छ भने यसको ७० प्रतिशत भारतबाट आयत हुने गरेको छ । अहिलेको दशैं लक्षित २० हजार टनको आयतको स्वीकृति नेपाल सरकारले दिएको कुरा पनि यसमा उल्लेख छ ।भन्सार विभागको तथ्याङ्क अनुसार २०७९ /८० मा चिनी र कन्फेकस्नरिको आयत ५ अरब २ करोड ८४ लाख ६६ हजारको भएको थियो ।

१·३: अनाज: अनाज भन्नाले चामल‚ मकै‚ गहुँ‚ कोदो‚ जौ आदि बुझिन्छ । भन्सार विभागको तथ्याङ्कमा आ·व २०७९/८०मा ५६ अरब ६२ करोड ५३ लाख ४७ हजार बराबरको आयत भएको थियो । यो चाड पर्व लक्षित आयतमा कुल आयतको करिब ४० प्रतिशत ओगटेको पाइन्छ ।

२-लुगा लत्ताकपडा: पिङ् खेल्न जाँदा टिका टालामा लगायतका विभिन्न काममा फरक फरक किसिमका लुगा लगाएर आशीर्वाद लिने संस्कृति छ । यसका लागि उनीहरूले लत्ताकपडा किन्न किनेका हुन्छन् । यो पर्वमा भएकोले हुँदा खाने र हुने खानेले समेत नयाँ लत्ताकपडा जुत्ता आदि किन्ने गर्दछन् । यस्ता लत्ताकपडा जुत्ता चीनबाट आयत गरिन्छ । २०२१-२२को आर्थिक वर्षमा ४२ अरब बराबरका विभिन्न सामाग्रीहरू आयत भएको तथ्य अक्टोबर १ २०२१ मा सिन्वाहा र आर·एस·एस·ले उल्लेख गरेको भेटिन्छ । यो वर्ष पनि चाडपर्वलाई ध्यानमा राख्दै लत्ता कपडा लगायतका सामानहरू समय अगाडि नै आयत गरिएको हुन्छ ताकि समयमै बजारमै सामानहरू उपलब्ध हुन सकुन् ।

३-इलेक्ट्रो निक गजेट:इलेकट्रोनिक गजेट भित्र मेवाइल फोन‚ ल्यापटपहरू‚ यो समयमा धेरैले नयाँ मोबाइल फोन किन्छन् । यी फवनका विभिन्न ब्राण्डहरु बजारमा छन् र यिनले छुटको व्यवस्था गरी यस समय बढी ग्राहक तन्ने प्रयास पनि गरेका हुन्छन् । दशैका अवसर पारी व्यापारीहरूले पनि स्मार्ट घडी‚ड्रोन‚ प्रोजेक्टर‚ हेडफोन‚स्पिकर‚ माइक्रो फोन‚ इएरबड लगायत भारी परिणाममा धेरै समानहरू आयात गरेका हुन्छन् । एयर बढहरूको आयत र बिक्रीसमेत बढेको व्यापारी बताउँछन् ।भन्सार विभागका अनुसार २०७९/८०को आर्थिक वर्ष मा २६ अरब ५१ करोडको आयत गरिएको थियो।

४-जुता चप्पल र झोलाहरू : जुत्ता चप्पल र झोलाहरू पनि यो पर्वमा बिक्री हुने सामाग्रीहरूमा पर्दछन् । जुत्ता चप्पल निर्माणमा नेपाल ७० प्रतिशत आत्म निर्माण भएको अनुमान गरिएको छ । तर ब्रान्ड भन्दै बजारमा खोज भइरहेको हुन्छ भनेर व्यापारीहरूको भनाइरहेको छ । भन्सार विभागका अनुसार २०७९/८० आबमा ७ अरब ८२ करोड ७९ लाख ७७ हजारको भइको उल्लेख भएको थियो । जुत्ता चप्पलका एसेसरीहरु पनि यो आयातमा परेका छन् । जुत्ता चप्पल झोलाहरू पनि निर्यात हुन्छन् २०७९/८० म १ अरब भन्दा बढीको निर्यात भएको थियो ।

५· तेल र तेलसँग सम्बन्धित सामाग्री: यी समाग्रीहरुमा जनावर तथा भेजिटेवल जन्य बोसो र तेल आदिको आयत भन्सार विभागका अनुसार २०७९/८०को आर्थिक वर्षमा ८६ अरब ८१ करोड ८७ लाख ६८ हजार बराबरको आयत गरिएको मुख्यभाग दशैं‚ तिहार‚ छट जस्ता चाड पर्वलाई लक्षित गरी मगाइएको हुन्छ ।

अन्य सामानको आयत

१· मसला: यो पनि खानामा स्वाद थप्न चाड पर्वको समयमा बढी मात्रामा मगाइएको हुन्छ । यस्ता मसलाहरूमा जिरा‚ मरिच‚ अलैचि‚ ल्वाँग‚ अदुवा आदि पर्दछन् । अदुवा देखि बाहेकका मसलाहरू भारतबाट चाड पर्वलाई लक्षित गरी मगाइएका हुन्छन् ।

२· टिका: निधारमा लगाउने रातो टिका पनि दशैं तिहार लक्षित गरी भारतबाट आयत हुन्छ । किनकि तिहारमा रगि चंगि टिकाको प्रयोग हुन्छ ।

३· गर गहना: यसको माग पनि तिज पर्व देखि तिहार सम्म हुन्छ । गरगहनाको बिक्री ३ अरब सम्म हुने अनुमान सुन चाँदी गहना पसलबाट भएको पाइन्छ । यसको आफ्नै संगठन पिन छ ।

४· मोटर गाडीको बिक्री : दशैको पर्वमा मोटर गाडीको बिक्री 5० प्रतिशत सम्म अन्य समयको तुलनामा भएको मोटर गाडी संघले उल्लेख गरेको पाइन्छ ।

निष्कर्ष यी सबैको अध्ययनले नेपालको अर्थतन्त्र चलायमान बनाउन चाडपर्वहरू हुन यसैले चाडपर्व चलायमान हुने अर्थतन्त्र हो भन्न सकिन्छ । दुखको कुरा हुँदा खानेहरूको संख्या बढी हुँदै गइरहेको छ । औसतरुपमा अम्दानि र खर्चको हिसाब गर्दा बच्ने अम्दानि १० प्रतिशत हुन आउँछ । यसले आम मानिसको क्रय शक्ति कमजोर छ । यसले मध्यम वर्ग समेतलाई चाड पर्व सकिना साथ आउने चाड पर्वको जोह गर्ने देखिन्छ । शिक्षा‚ स्वास्थ्य महँगो छ । बिरामी अस्पताल पुराउनु भन्दा पहिले पैसाको जोहो गर्नु पर्ने हुन्छ । यसैले दशैंमा खानामा समेत ध्यान दिन आवश्यक छ ।

यो वर्ष गत वर्षको तुलनामा फलफूल‚ तरकारी‚ चिनी लगायतको भाउ १० देखि १५ प्रतिसतले बढेको देखिन्छ । नेपालको अर्थतन्त्र चाडपर्वमा बढी चलायमान हुने गर्दछ । यस्तो अर्थतन्त्रलाई फेस्टिभ इकोनोमिक्स भनिन्छ । सबैजसो आयतित् बस्तुहरूमा व्यापार घाटा अत्यन्तै धेरै छ । यी व्यापार घाटालाई हेरेर त्यस क्षेत्रमा ३पी को अधारमा उद्योगहरूको सञ्चालन गर्न आवश्यक छ । विश्वका १७० देशबाट सामानहरू आयातित हुन्छन् र त्यसमध्ये १५ देशहरू मुख्य छन् । त्यसमा भारत पहिलो छ र चिन दोस्रो हो । नेपालको व्यापार असन्तुलन १ ·४५४ ट्रिलियन अथवा १ खरब ४५४ अरब २०२२/२३ मा रहेको छ ।

यो व्यापार घाटाबाट देशलाई कसरी बाहिर निकाल्ने ? आम नेपालीले सोच्नु पर्ने अवस्था छ । अहिलेको नेपालको अर्थ तन्त्र नवउदारवादी अर्थतन्त्रमा आधारित छ । यसले देशको अर्थतन्त्र आत्म निर्भर हुन अवरोध गर्दछ छ । आत्मनिर्भर अर्थतन्त्रको लागि सबै भन्दा पहिला उत्पादनमा जोड दिन आवश्यक छ । नीतिमा निर्माता सचेत र संवेदनशील हुनु पर्ने देखिन्छ । असफलताको जस पनि नीति निर्माताले लिन सक्ने क्षमतावान् हुन आवश्यक छ । योजना तथा कार्यक्रम सफल तुल्याउन राज्यका तीन वटै निकायले समन्वयकारी भूमिका निर्बाहा गर्न आवश्यक छ । प्रतिफलमा आधारित योजना निर्माण आवश्यक देखिन्छ। किसानहरूलाई उच्च मनोबलका साथ काम गर्न वातावरण हुन आवश्यक छ। उनीहरूले आफ्नो पशिनाको मूल्य पाएको अनुभूत गर्न पर्‍यो । यसरी आत्मनिर्भर उत्पादन प्रणालीका आधारमा समाजवादी अर्थतन्त्रको जग बसाउन सकिन्छ । सबैमा विजया दशमीको शुभकामना ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्