काठमाडौं। काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको खेलमा पहिलो ओभरमै सफलता पाएको छ। एक रनको अवस्थामा युएईले आफ्ना ओपनर खालिद साहलाई गुमाएको छ।
६ बल सामना गरेका खालिदले कुनै पनि रन बनाउन सकेनन्। सोमपालको बलमा कप्तान रोहित पौडेलले खालिदको क्याच समाए। नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को तेस्रो विकेट लिएको छ। यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन्
गुल्सनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन्। ६.१ ओभरमा वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको छ। नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो।