उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ

NarayanKaji_Shrestha
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।

उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ। उनको छातीमा स्टेन्ट राखिएको छ। अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उनको सचिवालयले जनाएको छ। श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ। उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा गएका थिए।रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्