काठमाडौं। एसिसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार साउदी अरेबियालाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाल समूह विजेता बनेर अन्तिम चारमा पुगेको हो।
अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ। साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए।
साउदीका लागि बरुन मुदलियरले सबैभन्दा बढी ११ रन जोडे। साउदीका अरु ब्याटर नेपाली बलरसामू चल्न नसक्दा दोहोरो अंकमा रन जोड्न असफल रहे। बलिङमा नेपालका दीपेश कडेँलले ६ विकेट लिए। उनले ९.१ ओभरमा १८ रन खर्चिए। आकाश चन्दले २ विकेट लिन सफल भए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ३४७ रन जोड्यो। नेपालका लागि अर्जुन कुमालले शतक प्रहार गरे। उनले १११ बलमा १७ चौका र २ छक्काको मद्दतमा १४२ रन जोडे। आकाश त्रिपाठीले ८९ रन जोडे। उनले ९८ बलमा ६ चौका र २ छक्का हिर्काए। बलिङमा साउदीका अहमद राजा, मोहमद अमहद र अब्दुल्लाह सिराले २/२ विकेट लिए।