न्यूरोडमा भरियाको काम गर्दै आएका दुई जनाको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राजधानीको असन र न्यूरोड क्षेत्रमा भरियाको काम गर्दै आएका दुई जनाको मृत्यु भएको छ। बिरामी अवस्थामा भेटिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।

बिरामी भएको खबर पाएपछि उनीहरुलाई वीर अस्पताल लगिएको र उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा दोलखाको कालिञ्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी छन् भने अर्का अन्दाजी ३५ वर्षका युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

उनीहरु ज्याला मजदुरी गरेर सार्वजनिक स्थानमा बसोबास गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्