चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

लोकपाटी न्यूज
3 Shares

जिउक्वान, चीन, (रासस/सिन्ह्वा)। चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ ।

उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ उडेको थियो ।

बिहीबार बिहान बिदाइ समारोहमा अन्तरिक्ष यात्रीहरूले रकेट प्रक्षेपणको तयारीका लागि प्रस्थान गर्नुअघि पर्यवेक्षकहरूलाई बिदाइ गरेका थिए । “अन्तरिक्ष यान लङ्ग मार्च–२एफ वाहक माथि रहेको उक्त रकेट उत्तरपश्चिम चीनको जिउक्वान स्याटलाइट सेन्टरबाट उडेको थियो”, चीनको सरकारी सिन्ह्वा समाचार समितिले भनेको छ ।

उक्त टोलीको नेतृत्व ताङ होङ्बोले गरिरहेका छन् । उनी अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहेका छन् । उनीसँगै ताङ सेङ्जी र जियाङ जिङ्लिन पनि रहेका छन् । यो उनीहरूको पहिलो अन्तरिक्ष अभियान हो । सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ । अन्तरिक्ष स्टेसनको अभियानमा यिनीहरू सबैभन्दा कान्छा हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्