गाजा क्षेत्र कतै पनि सुरक्षित छैनः संयुक्त राष्ट्रसङ्घ

लोकपाटी न्यूज
3 Shares

गाजापट्टी, प्यालेस्टिनी अधीनस्थ क्षेत्र,(रासस/एएफपी)। संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ । राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजरायली हवाई हमलाहरू बढिरहेका छन् ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजरायलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसँग केही विकल्प बाँकी नरहेको राष्ट्रसङ्घले जनाएको छ ।

“गाजा कतै पनि सुरक्षित छैन”, प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजक लिन हेडसनले बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्