नेपाललाई पराजित गर्दै यूएईले जित्यो त्रिकोणात्मक सिरिज

लोकपाटी न्यूज
3 Shares

काठमाडौँ। आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । शुक्रबार फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले सिरिज हात पारेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य यूएईले ६ विकेट गुमाएर १ बल अगावै पुरा गरेको थियो । कप्तान समेत रहेको ओपनर मुहमद वासिमले २२ बलमा ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए ।

अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए ।

बसिल हमिदले अविजित २२ रन जोड्दै यूएईलाई जितसम्म डोर्‍याएका हुन् । उनले अन्तिम बलमा चौका प्रहार गर्दै यूएईलाई जित दिलाएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्