आज खण्डग्रास चन्द्रग्रहण लाग्ने, के गर्न हुँदैन ?

Moon picture
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण लाग्नेछ। पृथ्वीको छाँया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ।

चन्द्रग्रहणको सुतक भने आज शनिवार दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ। त्यसैगरी ग्रहण राति २ बजेर ३८ मिनेटमा समाप्त अर्थात मोक्ष हुने समितिले जनाएको छ। ग्रहण लागेको बेला बालबालिका, वृद्ध र बिरामीबाहेकले खाना खान र सुत्न नहुने, स्नान ध्यान र मन्त्र पाठ गर्दा लाभ हुने पनि समितिले जनाएको छ।

आज लाग्ने खण्डग्रास चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ। गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो। गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्