विपिन जोशी सुरक्षित फर्किउन् : राष्ट्रसंघका महासचिव गुटेरेस

antonio-guteras
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक बिपिन जोशी सकुशल फिर्ताको कामना गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले हमास आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरे।

उनले धेरै टाढाको हिंसाले नेपाललाई पनि असर पारेको भन्दै दुस्ख लागेको बताए। महासचिव गुटेरेसले विश्वभर शान्ति मिसनमा नेपालले गरेको योगदानको प्रशंसा समेत गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्