सिंगापुरविरुद्ध पहिलो ओभरमै नेपाललाई सफलता

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालले पहिलो ओभरको दोस्रो बलमै पहिलो सफलता पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पहिलो ओभरमै विकेट गुमाएको छ। सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले दोस्रो बलमै बोल्ड गरेका छन्।

छनोटमा नेपाल समूह ’ए’ मा छ। समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्। एसिया छनोटमा एसियाका आठ देश सहभागी छन्। चार/चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

१९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुने छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्