काठमाडौं। चालु साताको दोस्रो दिन आज सोमबार प्रिओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो। योसँगै नेप्से परिसूचक १८७६.४७ अंकमा पुग्यो।यो सेसनमा १२ स्टकको ५४६ कित्ता सेयर किनबेच भएको छ।
जसमा ६ वटाको मूल्य बढ्दा ६ स्टकको मूल्य घट्यो। उक्त किनबेचबाट ५४ हजार ९६२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भयो। अघिल्लो कारोबार दिन आइतबार २८.१८ अंक घटेर नेप्से १८७५.६५ विन्दुमा बन्द भएको थियो।