‘दसैंका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम सरकारले रोक्न सकेन’

Pradip_Poudel
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सांसद एवं नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले दसैंका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न नसकेको आरोप लगाएका छन्।

सोमबार बसेको भौतिक पूर्वाधार विकास समितिको दसैँ समीक्षा बैठकमा बोल्दै सांसद पौडेलले यो पटक पनि सर्वसाधारण यात्रु चार गुणाले ठगिएको बताए।

‘सर्वसाधारण यात्रु सार्वजनिक यातायातबाट भाडामा चार गुणाले ठगिएका छन्। यसको कयौं प्रमाण मसँग छ’ दसैँको सार्वजनिक यातायात सहज र व्यवस्थित भएको भन्ने मन्त्री ज्वालाको भनाइ खण्डन गर्दै पौडेलले आक्रोश पोखे।

सडकहरुको दुराअवस्था, यातायात व्यवसायीहरुको मनलाग्दी र सरकारको बेवास्ताका कारण यो वर्ष पनि दसैँको सार्वजनिक यातायात सहज र सुलभ हुन नसकेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्