आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौ‌ं। नेपाली बजारमा आज मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा र तेजाबी सुन एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुनको मूल्य ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यता, आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्