मलेसियाविरुद्ध पहिला बलिङ गर्दै नेपाल

Nepal-Cricket-pic
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपालले ट्वान्टी-२० विश्वकप छनोटमा आज मलेसियासँग खेल खेल्दैछ। मलेसियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।

नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन। रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेयिङ-११ मा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहरा रहेका छन्।

नेपालको ध्यान सेमिफाइनलतर्फ हुनेछ। बिहानको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको थियो। ओमानको यो लगातार दोस्रो विजय हो। मलेसियालाई पराजित गरेमा लगातार दोस्रो विजय हात पारेको नेपाल र ओमान सेमिफाइनल पुग्ने छ।

मलेसिया अघिल्लो खेलमा ओमानसँग पराजित भएको थियो। नेपालले मलेसियाविरुद्धको पछिल्लो ५ मध्येको चार खेल जितेको छ। नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्