आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै एमाले

uml-office-Chyasal
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेकपा एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे २ बजेदेखि चियापान कार्यक्रम सुरू हुने एमालेले जनाएको छ।

यसअघि हिजोका लागि तय भएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि आजका लागि सारिएको थियो।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका शीर्ष नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरूलगायतलाई निमन्त्रणा गरिएको जनाइएको छ।

पर्वहरूको अवसरमा राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन्। सत्तारूढ दल नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्