सप्तगण्डकी अस्पताल र चितवन सोसाइटी क्यानडाबीच सेवा सुविधामा छुट दिने समझदारी

Capture
लोकपाटी न्यूज
2 Shares

चितवन। सप्तगण्डकी अस्पताल र चितवन सोसाइटी क्यानडा (CSC) बीच अस्पतालले दिने सेवा सुविधामा छुट गर्ने समझदारी भएको छ। सप्तगण्डकी अस्पतालले चितवन सोसाइटी क्यानडाका सदस्य, आजीवन सदस्य र नजिकका पारिवारिक सदस्यहरुलाई अस्पतालले प्रदान गर्ने सेवासुविधामा विषेश छुट दिने सम्झौता भएको हो।

सम्झौतापत्रमा सप्तगण्डकी अस्पतालका अध्यक्ष डा. अमर श्रेष्ठ र चितवन सोसाइटी क्यानडाका अध्यक्ष मान पौडेलले हस्ताक्षर गरेका छन्। सो अवसरमा सप्तगण्डकी अस्पतालका कार्यकारी प्रमुख प्रमोद शर्मा लामिछाने, सूचना अधिकारी सुवर्ण हमाल, चितवन सोसाइटी क्यानाडाका आजीवन सदस्य पंकज देबको उपस्थिति रहेको थियो।

उक्त सम्झौता अनुसार सप्तगण्डकी अस्पतालले चितवन सोसाइटी क्यानडाका सदस्यहरू र नेपालमा रहेका उनीहरूका नजिकका परिवारका सदस्यहरूलाई बिशेष छुट प्रदान गर्नेछ।

सप्तगण्डकी अस्पतालले Routine प्याथोलोजी टेस्ट, आइ.सी.यु. बेड, साधारण बेड, मेजर तथा माइनर अपरेशन, फार्मेशी लगायतमा विषेश छुट दिने सम्झौता भएको हो। यस सम्झौताबाट चितवन सोसाइटी क्यानडा तथा अस्पताल दुवै पक्षको सामाजिक क्षेत्रमा सहभागिता र सहयोग पुग्ने विश्वासले उक्त सम्झौता गरिएको अस्पतालका अध्यक्ष डा.श्रेष्ठले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्