काठमाडौं। सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा भोली शनिबार बिहान चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ।