काठमाडौं। सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकार प्रवक्ता रेखा शर्माले शुक्रबार निर्णय सार्वजनिक गरेकी हुन्।
सरकारले झुटो विवरण पेस गरी नागरिकता लिएका दुई जनाको नागरिकता बदर गरेको छ। काभ्रेपलाञ्चोकबाट निमा तामाङ र कालिकोटबाट देवराज धमलाको नागरिकता रद्द गर्ने निर्णय गरेको हो। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेललाई फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन जान मन्त्रिपरिषद्ले स्वीकृत प्रदान गरेको छ।
राष्ट्रपति पौडेल कात्तिक २२ गते सो तर्फ प्रस्थान गर्ने छन्। पेरिसको कार्यक्रम पछि पौडेल जर्मनी र इटाली जाने कार्यक्रम छ। उनी मंसीर १ गते स्वदेश फर्किने छन्। त्यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्रि रमेश रिजाललाई चीनको सांघाइमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।