भूकम्पमा नलगाडकी उपमेयर सरिता सिंहको मृत्यु

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। राति गएको भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। जाजरकोट सदरमुकाम खलंगामा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। शुक्रबार राति ११ः४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा रुकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्