जाजरकोट भुकम्प : रूकुम र जाजरकोटमा मात्रै करिब ६४ को मृत्यु

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ६४ जनाको मृत्यु भएको छ। आज बिहान ५ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ६४ जनाको मृत्यु भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार रूकुम पश्चिममा २७ जना र जाजरकोटमा ३६ जनाकोम मृत्यु भएको छ। दुबै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान छ। भूकम्पका कारण केही क्षेत्रहरूमा टेलिफोन सेवा पनि अवरूद्ध भएका छन्। शनिबार राती ३:३० बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्