भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न माओवादी केन्द्रको निर्देशन

लोकपाटी न्यूज
2 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न पार्टीका नेता कार्यकर्ता तथा सङ्घ सङ्गठनलाई निर्देशन दिएको छ। महासचिव देव गुरुङले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै तत्काल उद्धारमा जुट्न निर्देशन दिएका हुन्।

भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले सिङ्गो पार्टीलाई मर्माहत बनाएको भन्दै मृतक प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै पार्टीले प्रभावकारी उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको समेत ध्यानाकर्षण गराएको छ। जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्