थप चिकित्सकीय जनशक्ति उपलब्ध गराउन तयार छौँ : चिकित्सक संघ

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाल चिकित्सक संघले जाजरकोटमा भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गरेको छ। संघले आज एक विज्ञप्ति निकाल्दै घटनाबाट घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

संघले उक्त प्राकृतिक विपत्तिका कारण विपतमा परेका नागरिकहरूको यथाशीघ्र उद्धार गरी घाइतेको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरूलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाई सकिएको जनाएको छ।

राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक संघ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र सुर्खेत शाखाहरुसँग नियमित सम्पर्क भइरहेको र सोही अनुरूपको व्यवस्था गर्न शाखा कार्यालयहरूलाई परिचालित गरिएको संघले जनाएको छ।

संघले प्राकृतिक विपत्तिको अवस्थामा राज्यको तर्फबाट अविलम्ब राहत तथा र उद्धार कार्यमा प्रभावकारी कदम चाल्न तथा घाइतेहरूको शीघ्र उपचारका लागि सम्पूर्ण व्यवस्था मिलाई उपचार प्रक्रियालाई प्रभावकारी तुल्याउन सरकार समक्ष मागसमेत गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्