आईसीसी टी–२० विश्वकप छनोट : उपाधिका लागि ओमानसँग खेल्दै नेपाल

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्नेछ। खेल बिहान ११ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ।

फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन्। नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो।

एसिया छनोटमा ८ देशहरूलाई दुई समूह विभाजन गरी खेलाइएको थियो। नेपाल र ओमान समूह ‘ए’ बाटै फाइनल पुगेका हुन्। ओमान समूह विजेता र नेपाल उपविजेता हुँदै फाइनल प्रवेश गरेको थियो। समूह चरणमा नेपाल ओमानसँग पराजित भएको थियो।

समूह चरणको अन्तिम खेलमा भएको हारको बदला ओमानसँग लिँदै एसिया छनोटको उपाधि जित्ने लक्ष्यमा नेपाल हुनेछ। दुबै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी–२० विश्वकप खेल्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्