नेपाल र ओमानबीचको खेल सुपर ओभरमा

लोकपाटी न्यूज
9 Shares

काठमाडौं। आइसिसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाल र ओमानबीचको खेल सुपर ओभरमा पुगेको छ। एक सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारत २० ओभरमा १ सय ८४ रन नै बनाएपछि खेल बराबरी भएको थियो।

जसका कारण खेल सुपर ओभरमा पुग्यो। अन्तिम ओभरमा ओमानलाई ८ रन चाहिएको थियो। जसमा नेपालका सन्दीप लामिछानेले दोस्रो र तेस्रो बलमा विकेट लिए। तर चौथो बलमा एक रन र पाँचौ बलमा चौका भयो। अन्तिम बलमा दुई रन लिनु पर्ने स्थितिमा ओमानले एक रन मात्र जोड्न सक्यो।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। विवेक यादव, अविनास बोहोरा, गुल्सन झा र सोमपाल कामीले समान १ विकेट लिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्