त्रिवेणी। रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्यु हुनेमा बर्दियाका दुई र रोल्पाका एक जना रहेका छन्। उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्का विक र ३६ वर्षीय अनिल विक रहेका छन्। उनीहरूको आठविसकोट-१४ को छेपारेमा मृत्यु भएको हो। त्यस्तै रुकुम पूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।
पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक थिए। रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।