भरतपुर महानगरको ग्रामीण क्षेत्र केन्द्रित वृक्षारोपण सुरु

renu-ful
लोकपाटी न्यूज
5 Shares

चितवन। भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै ग्रामीण क्षेत्रमा वृक्षारोपण गर्न सुरु गरेको छ। भरतपुरको वडा नम्बर९ १८ मा सोमबार (आज) वृक्षारोपण गरी अभियानको सुरुवात गरिएको हो।

ग्रामीण अभियानको एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वृक्षारोपण गरेर उद्घाटन गरिन्। यस्तै भरतपुर १८ र १९ को सिमानामा बनेको प्रवेशद्वारको पनि प्रमुख दाहालले उद्घाटन गरिन्। भरतपुर भ्रमण वर्षलाई भव्य बनाउनका लागि महानगरले हरियाली प्रवर्द्धन तथा सरसफाई कार्यक्रमलाई महानगरदेखि वडा स्तरसम्म अभियानलाई अगाडि बढाएको छ।

भरतपुरमा ६५० किमी सडक कालोपत्रे भइसकेकाले महानगरले सडकको दायाँ बायाँ वृक्षारोपण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। वृक्षारोपणको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले भरतपुरका २९ वटै वडामा वृक्षारोपणलाई अगाडि बढाइने उल्लेख गरिन्। उनले टोल विकास संस्था र सामाजिक सङ्घ संस्थालाई वृक्षारोपणमा सहयोग गर्न अपिल गरिन्।

सो अवसरमा प्रमुख दाहालले कच्ची रहेका सडकको निर्माण कार्यलाई धुलोमुक्त बनाउन महानगरपालिका प्रयासरत रहेको बताइन्। कार्यक्रममा भरतपुर वडा नम्बर९ १८ का अध्यक्ष बाबुराम रानाले भ्रमण वर्ष सफल बनाउन वडामा वृक्षारोपण तथा सरसफाई गर्ने कार्यलाई निरन्तर अगाडि बढाएको बताए। भरतपुर९१८ लाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी विभिन्न गतिविधि गर्ने उल्लेख गरे।

लक्ष्मी सनराईज बैकको सामाजिक उत्तरदायित्व अन्तर्गत बिरुवा तथा रिङ उपलब्ध गराएको थियो। भरतपुर महानगरले यस अघि बजार क्षेत्रमा वृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम गर्दै आइरहेको थियो। महानगरले झन्डै ५ करोड रुपैयाँ हरियाली प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्