राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

Ramchandra_Paudel
लोकपाटी न्यूज
5 Shares

काटमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको १० दिने युरोप भ्रमण तत्कालका लागि स्थगित भएको छ। राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा विदेश भ्रमण गर्न उचित नहुने भन्दै भ्रमण स्थगित गरिएको हो।

गएको शुक्रबार राति जाजरकोटमा गएको भूकम्पका कारण भएको क्षतिले गर्दा देश नै शोकमा र संकट परेको अवस्थामा राष्ट्रपतिले भ्रमण नगर्ने निर्णय गरेको चालिसेले बताए। पौडेलले यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका थियो।