५६ प्रतिशतले बढ्यो अलैँची निर्यात

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँको निर्यात भएको छ।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो। गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो । विभागका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २७ करोड ६८ लाख ५० हजार रुपियाँको अलैँची निर्यात भएको थियो। अघिल्लो वर्षको तुलनामा गत आवमा अलैँची निर्यात ७२ प्रतिशतले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा समेत वृद्धि हुने गर्छ। अलैँची औषधी, मसलाका रूपमा प्रयोग हुने गर्छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्