राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाँदै आज

Ramchandra_Paudel
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन्। गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले यही कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्