काठमाडौं। नेपालीको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ। यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको मानिन्छ। यमपञ्चकको हरेक दिनको विशेष मान्यता रहेको छ।
आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ। यसैले आज बजारमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्दछ।
आजको दिन किनमेल गरिएका सामान राखेर धनकी देवी लक्ष्मीको पुजा गरेमा माता खुशीभई धनधान्यले पूर्ण हुने धार्मिक विश्वास रहेको छ। आजको दिन देवी लक्ष्मी र भगवान गणेशको मूर्ति घरमा ल्याउँदा शुभ हुने मानिन्छ। यसैगरि, आज खरिद गरिएका भाँडाकुडा र आभूषण अरुलाई नदिइ आफूले नै राख्नुपर्ने मान्यता रहेको छ ।